एजेन्सी । लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको छ । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् ।
भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए । आइतबार युभेन्टस्विद्धर जोआन गाम्पर ट्रफीमा बुस्क्वेटस्ले बार्सिलोनाको कप्तानी गरे । मेसीको
क्लब छाड्ने घोषणापछि बार्साले खेलेको यो नै पहिलो खेल हो । यस खेलमा बार्सा ३–० ले विजयी भयो । खेलपछि बुस्क्वेट्सले मेस्सीको निकै प्रशंसा गरे ।