म्याग्दी । म्याग्दीको बेनी बजारस्थित न्यूरोडमा रहेका दुई पसलमा मंगलबार बिहान आगलागी भएको छ ।
बिहान साढे दुई बजेतिर बेनी नगरपालिका ८ मा रहेको एउटा डेरी पसल र किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय जीवनबहादुर विश्वकर्माको घरमा रहेको रघुगंगा डेरी र नतिजा किराना स्टोर्समा आगलागी हुँदा दुबै पसलमा रहेका सामानहरु जलेर नष्ट भएका छन् ।
प्रहरीले दमकलको सहायतामा २ घण्टामा आगो नियन्त्रणमा लिएको थियो । पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले
अनुमान गरेको छ ।