मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशको शानदार जित
भर्खरै

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशको शानदार जित

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले शानदार जित हात पारेको छ ।

ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज ४-१ ले जितेको हो ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो ।अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सीमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले

२२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो थियो ।बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय