काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।