शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दुई किलो चाँदीका गरगहनासहित एक पक्राउ
भर्खरै

दुई किलो चाँदीका गरगहनासहित एक पक्राउ

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

काठमाडौं– करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साको गन्नाथपुर गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका–२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा जगन्नाथपुर–२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनीमाथि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र चाँदीका गहना फेला परेको हो । सोनारलाई आश्यक कारबाहीका लागि

राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डीएसपी खनाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय