मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
भर्खरै

सुन चार महिना यताकै सस्तो भयो

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक

हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय