सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • युभेन्टसलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी
भर्खरै

युभेन्टसलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । इटालियन क्लब युभेन्ट्समाथि ३-० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जितसहित च्याम्पियन बनाए । रिकी पुच ७१औं मिनेटमा सर्जि रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

एक पटकको च्याम्पियन युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेलेपनि उपाधि जित्न सकेन । युभेन्ट्सले पछिल्लोपटक २००५ मा यस ट्रफीमा खेलेको थियो । क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय