सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जना पक्राउ
भर्खरै

सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जना पक्राउ

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा  सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया लगायत २६३ थान गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

तौल गर्दा

सुनका गहनाहरु १४ दशमलव ४ सय ग्राम रहेकोमा ७० प्रतिशत र चाँदीका गरगहना १ हजार ९७० ग्राम भएकोमा ४८ प्रतिशत मात्रै शुद्धता देखिएको सुनचाँदी व्यवसायी संघ पर्साले जनाएको छ ।

गरगहनामा १० दशमलब ०८ ग्राम शुद्ध सुन भेटिएकाले बजार भाउअनुसार त्यसको मूल्य ७८ हजार २१० रुपैयाँ र ९४६ ग्राम शुद्ध चाँदी भेटिएकोमा १ लाख १ हजार ६९५ रुपैयाँ  देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय