सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजको मौसम : धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
भर्खरै

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने जानकारी दिएको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । राति भने प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।

अहिले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका

एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । भोलि राति प्रदेश १  र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । बुधबार राति प्रदेश १ र २ का एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानि पर्न सक्ने छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय