मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ‘देशप्रति गर्व र मधेसप्रति माया हुनुपर्छ’
भर्खरै

‘देशप्रति गर्व र मधेसप्रति माया हुनुपर्छ’

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

  • रासस

प्रदेश-२ का प्रमुख राजेश झा ‘अहिराज’ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच आइतबार भएको अन्तरक्रियामा उहाँले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताउनुभयो ।

भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने उहाँले बताउनुभयो । देशमा पछिल्लो समय उदारवाद, अनुदारवाद, चरमपन्थ, कट्टरवाद, बिग्रह हुँदै हिंसामा

परिणत हुने अवस्था गम्भीर समस्याका रूपमा देखिएको झाले बताउनुभयो । प्रदेश २ अभाव, अपराध अतिवादको चपेटामा परेकाले सबै मिलेर भ्रष्टाचारमुक्त सबल प्रदेश निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको शान्ति सुरक्षा, कोरोना महामारी नियन्त्रणका लागि भएको गतिविधि, विपद्को तयारीको अवस्था बारेमा बताउनुभयो । प्रजिअ आचार्यले जनता र राज्यबीचको दूरी कम गर्न सामिप्यतालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले सीमा सुरक्षा, सीमास्तम्भ, लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधि तथा पत्रकारलाई सूचनाको उपलब्धताको अवस्थाबारे जानकारी गराउनुभयो ।

पत्रकारले समाचारमार्फत द्वन्द्व र दूरी कम गर्न, समभावनामा आधारित समाज निर्माण गर्न पत्रकारले योगदान गरिरहे पनि सहज सूचना, सुरक्षा र सम्मान पाउन नसकेको बताउनुभयो । पत्रकार मनोहर पोखरेल, धीरेन्द्र साह, अवधेश झा, श्रवण देव, वैद्यनाथ यादवलगायतले जिल्लाको विभिन्न क्षेत्रमा भइरहेको बेथितिबारे चर्चा गर्दै भ्रष्टाचारका विषयमा आएका समाचारप्रति राज्य सम्वेदनशील हुनुपर्ने माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय