बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, माथिल्लो तामाकोशीको बिजुली काठमाडौं ल्याउन सहज
भर्खरै

सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, माथिल्लो तामाकोशीको बिजुली काठमाडौं ल्याउन सहज

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ ।

स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउन महत्त्वपूर्ण मानिएको सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०-१३२ केभीको छ । 'सवस्टशेन आज चार्ज भई काठमाडौंसम्म  बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्त्वपूर्ण सफलता हो', श्रेष्ठले भने । उनका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो

हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए ।

कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ । उक्त सवस्टेशनमा १०० केभी  क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

जडान गरिएका ट्रान्सर्फरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि  सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय