बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानको मेयरमा निर्वाचित
भर्खरै

इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानको मेयरमा निर्वाचित

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् । इरानको प्रतिनिधिसभाको सांसदसमेत भइसकेका अलिरेजा जाकानी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् ।

उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ । उनले आफ्नो नगरमा रहेका लागुऔषध दुर्व्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट गरेका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

सन् २०१३ र २०१७

मा उनको उम्मेदवारीलाई आधिकारिक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका । त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेलेका सिन्ह्वाले जनाएको छ ।

अहिले झण्डै ५५ वर्ष भएका जाकानीका श्रीमती र तीन सन्तान छन् । तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गरेका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय