बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण
भर्खरै

तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

 व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो ।

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको

छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ ।

यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।

गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताए ।

सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताए ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अलपत्र जस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भुइँतला मात्रै निर्माण गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय