बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
भर्खरै

नेप्सेमा झिनो सुधार

  • सिधा दृष्टी आइतवार, साउन २४, २०७८ | August 8, 2021

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुगेको छ ।

कूल २२७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ मूल्यमा खरिद बिक्री भए । साताको पहिलो

दिनको कारोबारपछि बजार पूँजीकरण रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ४०.३८, होटल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८१ करोड ९२ लाख २४ हजार ५६० बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ६० करोड ७१ लाख छ हजार ४९३, युनिभर्सल पावर रु ५४ करोड ८१ लाख दुई हजार ५६७, ङादी ग्रुप अफ पावर रु ४९ करोड ४७ लाख आठ हजार १४४ र बुटवल पावर कम्पनी रु ३८ करोड ४९ लाख ८९ हजार ५६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कर्पोरेट डेभलपमेण्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एनआइसि एशिया ऋणपत्र ७.३७, गुराँस लघुवित्त ४.०८, जनउत्थान सामुदायिक लघुवित्त ३.७७, सबैको लघुवित्त ३.३५ र महिला लघुवित्तका लगानीकर्ताले ३.१८ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय