सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • जापानले दिएको दुई लाख ८७ हजार डोज खोप नेपाल आइपुग्यो
Uncategorized

जापानले दिएको दुई लाख ८७ हजार डोज खोप नेपाल आइपुग्यो

  • सिधा दृष्टी आइतवार, साउन २४, २०७८ | August 8, 2021

काठमाडौं । जापानबाट आज थप २ लाख ८७ हजार डोज कोरोना विरुद्धको अष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप हिजो काठमाडौं आइपुगेको थियो । बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई भोलीदेखि दिइने भएको छ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी,

कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ । नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख खोप खरिद गरेको छ।

चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ ।

यसैगरी भारतबाट नेपाली सेनालाई एक लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।

यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय