२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । बोर्डले वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी नतिजा प्रकाशन गर्ने भएको छ । विभिन्न पाँच वट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सात वटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको
नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
त्यस्तै इजी सर्भिस प्रा.लि.को ३४९४९, आकाश टेक प्रा.लि.को ३१००३, जानकी टेक्टोलोजीको ३५००१, नेपाल टेलिकमको १६०० (एसएमएस र आईभीआर) र एनसेल प्रा.लि.को १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
हेर्नुस् सूचना