काठमाडौं । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।
आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।