आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल मास्क अभियान आजबाट शुरू हुँदै
भर्खरै

नेपाल मास्क अभियान आजबाट शुरू हुँदै

  • सिधा दृष्टी शनिबार, साउन २३, २०७८ | August 7, 2021

२३ साउन २०७८ काठमाडौं । सरकारले आजदेखि नेपाल मास्क अभियान शुरु गर्ने भएको छ ।

आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान शुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो ।

‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’भन्ने नाराका साथ अभियान शुरु गर्न लागिएको हो ।

कोरोना

सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । अभियान आउँदो शुक्रबारसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय