सर्लाहीको लालबन्दीमा शुक्रबार पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश-२-०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका-६ मा दुर्घटनामा परेको हो ।
फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको भ्यान लालबन्दी नगरपालिका-६ स्थित फुटबल चौरअगाडि दुर्घटना हँुदा लालबन्दी नगरपालिका-९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन् ।
दाहालको उपचारका क्रममा नमुना अस्पताल हरिवनमा
मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगञ्ज र भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते २२ जनाको लालबन्दीको गढीमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनापछि पिकअपका चालक फरार छन् ।