मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ ।
आज दिउँसो प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
श्रावण २३ गते शनिबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली
तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्णबदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २४ गते आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २५ गते सोमबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।