आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने
भर्खरै

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

  • सिधा दृष्टी शनिबार, साउन २३, २०७८ | August 7, 2021

नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ ।

भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको बताइएको छ ।

नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले

भारतसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

बङ्गलादेशले कोरोना महामारीका कारण साफ च्याम्पियनसिप आयोजन गर्न नसक्ने जनाएपछि नेपालले सो प्रतियोगिता आयोजना गर्न इच्छा देखाएको हो । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फाले साफलाई पत्र पठाएको छ ।

ज्ञातव्य छ, नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय