सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई
भर्खरै

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई

  • सिधा दृष्टी शनिबार, साउन २३, २०७८ | August 7, 2021

अष्ट्रेलियाविरूद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ ।

ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।

यसअघि बंगलादेशले

अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र सीमित रह्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय