बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खोप नलगाइ अफिस जाने तीन कर्मचारीलाई सीएनएनले जागिरबाट निकालिदियो
भर्खरै

खोप नलगाइ अफिस जाने तीन कर्मचारीलाई सीएनएनले जागिरबाट निकालिदियो

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

न्यूयोर्क । अमेरिकी टेलिभिजन सीएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।

सीएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।

खोप नलगाएकोलाई जागिरबाट निकालिएको यस्तो घटना अमेरिकी मिडियामा पहिलो भएको बीबीसीले जनाएको छ । अमेरिकामा कम्पनीका कामदारलाई अनिवार्य खोप लगाउनुपर्ने नियम छ ।

फेसबुक र गुगलजस्ता ठूला मिडियाले

पनि कार्यालय सुरु हुनु एकदिनअघि अनिवार्य खोप लगाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सीएनएनले रिपोर्टिङका लागि कार्यक्षेत्रमा जाने सबैलाई अनिवार्य खोप लगाउनुपर्ने बताएको छ । ‘यसबारे हामी शून्य सहनशिल नीति अपनाउँछौ’ सीएनएन अध्यक्ष जुकरले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय