सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • ग्लोबल आइएमइ बैंक धादिङबेसीमा
बैँक / वित्त

ग्लोबल आइएमइ बैंक धादिङबेसीमा

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

धादिङ । ग्लोबल आइएमइ बैंकले धादिङबेसीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।नेपालभर शाखा रहेको ग्लोबल आइएमइ बैंकले धादिङबेसीमा शाखा शुभारम्भ गरेपछि धादिङबेसी र उत्तर धादिङको क्षेत्र समेट्ने छ ।

कोरोना महामारीको समयमा बैंकको शाखा विस्तारले बैंकको सेवा विस्तार मात्र नभएर आफ्ना ग्राहकहरुलाई सेवा दिनेछ ।ग्लोबल आइएमइ बैंकको धादिङबेसी समेत २ सय ८० शाखा, ४७ बिस्तारित काउण्टर, २ सय ५७ ओटा शाखा रहित सेवा केन्द्र संचालन गरिरहेको धादिङबेसी शाखाका प्रमुख बिमला केसीले बताउनुभयो ।

नेपाल बाहिर अस्ट्रेलिया, भारत र बेलायतमा

प्रतिनिधि शाखा रहेको ग्लोबल आइएमइ बैंकले २ सय ४९ ओटा एटिएमबाट सेवा दिइरहेको छ । ग्लोबल आइएमइ बैंक क वर्गको वाणिज्य बैँक हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय