बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना
भर्खरै

जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । पछिल्लो समय जेल जीवन बिताइरहेका जुमाले जेलमै अप्ठ्यारो महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिँदै सम्बद्ध अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा

१५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेर जेल गएका हुन् ।

जुमा जेल परेपछि उनका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसका लागि सेना परिचालन गर्नुपरेको थियो । उनका समर्थकले मच्चाएको हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको ६ भने सयौँ पक्राउ परेका थिए । प्रदर्शनका क्रममा पसल लुटिएको र भवनमा आगजनी गरिएको थियो । अहिले भने अवस्था सामान्य बन्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय