आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पार्टी एकताकै पक्षमा जोड दिने नेपाल – खनाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय
भर्खरै

पार्टी एकताकै पक्षमा जोड दिने नेपाल – खनाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।

२७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ ।’यसबारे थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको समेत नेता पन्तले जानकारी दिए । आफूहरुले छिटो एकता होस्

भन्ने चाहेको भए पनि अविश्वास लगायतका कारण सम्भव भइनरहेको उनले बताए ।

पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेकोले बेला माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ । ‘यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवदनशील र जिम्मेवार हुन आवश्यक छ’ बैठकको निर्णयमा भनिएको छ ।

नेपाल पक्षको बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक काम गर्नु एकतालाई भाँजो हाल्नु हुने बताएको छ र यस्ता गतिविधि तत्काल रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय