बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ठाकुर पक्षको विस्तारित बैठक : आज तराईका ४ जिल्लामा
भर्खरै

ठाकुर पक्षको विस्तारित बैठक : आज तराईका ४ जिल्लामा

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएका जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षले शुक्रबार तराईका चार जिल्लामा विस्तारित बैठक गर्ने भएको छ। बैठकलाई केन्द्रीय र जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका केन्द्रीय सदस्य केशब झाले जानकारी दिए। उनका अनुसार सप्तरीमा राजेन्द्र महतो, केशब झा, बृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्नेछन्।

सिरहामा, अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्नेछन्। त्यसैगरी महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन

गर्ने कार्यक्रम रहेको झाले जानकारी दिए।

महन्थ ठाकुरले बुधबार राती अपिल जारी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवका कमी कमजोरीहरु के-के छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्दै जनतामाझ जान लागेको सार्वजनिक गरेका थिए। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले पार्टीका अगुवा कार्यकर्ताको उपस्थितिमा पार्टीको विस्तारित बैठक गर्न लागेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय