सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साप्सुखोलामा मोटरेबल पक्कीपुल सञ्चालनमा आयो
भर्खरै

साप्सुखोलामा मोटरेबल पक्कीपुल सञ्चालनमा आयो

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा ५ करोड ६० लाख दश हजार रुपियाँ लागतमा पुल निर्माण गरिएको हो । २०७६ असारमा शिलान्यास गरिएको पुल निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेट खर्च भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय