सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ
भर्खरै

लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् ।

मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ बाट उक्त रकम लुटपाट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय

समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए ।

मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प्रहरी कार्यालय गौशालामा उपस्थित गराएको थियो । अनुसन्धान गर्दा मोमिनले मामा घरबाट रुपैयाँ लिएर आएको नदेखिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

आफ्नो गाउँघरको झै–झगडाको रिसिइबीका कारण झुठो उजुरी गरी फसाउने नियत देखिएकाले मामा–भान्जालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय