काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि छ । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुनेछ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।
बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।
बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको
विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।