बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्ने कांग्रेस संस्थापनइतर पक्षको माग
भर्खरै

कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्ने कांग्रेस संस्थापनइतर पक्षको माग

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा बिहीबार बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे । ‘पार्टी महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता विवाद

हो, यसलाई चाँडो टुङ्ग्याउनतर्फ लाग्नुपर्छ’, उनको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको र धेरै कार्यक्रममा जानुपर्ने भएका कारण पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन समस्या परेको भन्दै नेता पौडेलले नेतृत्वले निर्वाचन समितिलाई चाँडो निर्देशन दिएर महाधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने बताए ।

बताइएअनुसार बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दबाब दिनेबारे समेत छलफल भएको छ ।

भेटमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायतको सहभागिता थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय