सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जना पक्राउ
भर्खरै

बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जना पक्राउ

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका १ घर भएका ५६ बर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् । सोमबार सीआईबीले श्रेष्ठलाई भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत तुलसीपुरको २०७७ चैत १२ गतेको फैसलाले ७ दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई नबिल बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय