बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलम्बूस्थित महालक्ष्मी मन्दिरमा तान्त्रिक होमसहित देवीको पुनर्स्थापना
भर्खरै

बलम्बूस्थित महालक्ष्मी मन्दिरमा तान्त्रिक होमसहित देवीको पुनर्स्थापना

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

चन्द्रागिरि नगरपालिका-१२ स्थित प्राचीन नेवाः बस्ती बलम्बूमा पुन:र्निर्मित महालक्ष्मी मन्दिरमा नेपाल सँस्कृतिको अत्यन्तै गुह्य र महत्वपूर्ण सनातनी तान्त्रिक होम गरेर देवी पुनर्स्थापना सहित निर्माण सम्पन्न गरिएको छ ।

अत्यन्तै दुर्लभ मानिएको तान्त्रिक होम र देवी पुनर्स्थापना गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १७ जना राजोपाध्याय ब्राह्मण पुरोहितहरूका साथै कर्माचार्य र जोशी विज्ञहरू अहोरात्र लागिपरेका थिए ।

पूजा अवधिभरि पुजारी बाहेक अन्यले हेर्न पनि नपाइने होम पूजा इचंगु नारायणका पुजारी श्रीमद् राजोपाध्यायको मूलाचार्यत्वमा रजनी राजोपाध्याय सहितले गरेका थिए भने ललितपुर पट्कोबाट अजरा

राजोपाध्याय, भक्तपुरबाट मञ्जु र अञ्जु राजोपाध्यायले योगिनी पूजा गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय