मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा बिहीबार ३७ संक्रमितको मृत्यु
भर्खरै

नेपालमा बिहीबार ३७ संक्रमितको मृत्यु

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

नेपालमा बिहीबार ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,८७० पीसीआर परीक्षण गर्दा ३,००७ जनामा र ६,५३८ एन्टिजेन परीक्षण गर्दा ९३१ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभर ३७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोभिडबाट मृत्यु हुनेको

संख्या ९,९९४ पुगेको छ भने पछिल्लो २४ घण्टामा २०१२ जना संक्रमित निको भएका र हाल निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।I’m

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय