आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • भरतपुर-भैरहवा उडान भर्दै बुद्ध एयर
पर्यटन

भरतपुर-भैरहवा उडान भर्दै बुद्ध एयर

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर-भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए ।

पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको बस्नेतको भनाइ छ । नारायणगढ-बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।

भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध

एयरले भरतपुर-काठमाडौं नौ उडान गरिरहेको छ । यस्तै भरतपुर-पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो । शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ ।

सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर-काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो ।

चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय