बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंको गोङगबुबाट पेस्तोल सहित तीन पक्राउ परे
भर्खरै

काठमाडौंको गोङगबुबाट पेस्तोल सहित तीन पक्राउ परे

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित एक रेष्टुरेण्टबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेण्टबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा रेष्टुरेण्टमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।उनीहरूको साथबाट एक थान पेस्तोल,

एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा पनि बरामद गरिएको छ । उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय