मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनविरुद्ध बलियो गठबन्धन गराउन फ्रान्स तयार
भर्खरै

चीनविरुद्ध बलियो गठबन्धन गराउन फ्रान्स तयार

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

टोकियो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले चीनविरुद्ध जापानसँग सुरक्षा गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग भेटका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दुबैजनाको भेटपछि जारी एक संयुक्त विज्ञप्तिमा चीनविरुद्ध मिलेर काम गर्न तयार रहेको जनाइएको छ । स्वतन्त्र प्यासिफिकको लागि रक्षा र सुरक्षा क्षेत्रमा मिलेर काम गर्न फ्रान्स र जापान तयार भएका हुन् ।दुबै नेताले बेइजिङमा भइरहेको मानवअधिकारको गम्भीर उल्लंघनको विरोध गरेका छन् । उनीहरुले हङकङमा जारी गरिएको राष्ट्रिय सुरक्षा कानुनपछिको अवस्थाले त्यहाँका

स्वायत्तता समाप्त पारेको समेत बताएका छन् ।

फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार राष्ट्रपति म्याक्रोनले उक्त भेटका क्रममा मुलुकको इण्डो प्यासिफिक रणनीति र फ्रान्सको ‘पोजिसन’ स्पष्ट पारेका छन् । फ्रान्सका राष्ट्रपतिले दक्षिण प्यासिफिक राष्ट्रहरुलाई बेइजिङको व्यवहारविरुद्ध एक हुन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

म्याक्रोनले भने, ‘चीनको सिकारी रणनीतिबाट हामी सबै पीडित बनेका छौं । यसका लागि हामीले दक्षिण प्यासिफिक क्षेत्रमा सामुद्रिक रणनीति बनाउन आवश्यक छ ।’ भारत र अस्ट्रेलियामा पनि रणनीतिक गठबन्धन बनाउने र यस क्षेत्रको चुनौतीलाई मिलेर सामना गर्ने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय