बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला
भर्खरै

आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ ।

युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश

गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय