मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरिमा फ्ल्याट भाडामा लिएर बेश्यावृति गराएको अभियोगमा २ महिला पक्राउ
भर्खरै

चन्द्रागिरिमा फ्ल्याट भाडामा लिएर बेश्यावृति गराएको अभियोगमा २ महिला पक्राउ

  • सिधा दृष्टी बुधबार, साउन २०, २०७८ | August 4, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका ६ को एरियामा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अन्तरगतको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।गोरखा बारपाक सुलिकोट गाउँपालिका(३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका(६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका(५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका(४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योती लाई पक्राउ गरिएको प्रहरी

उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए।

पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन्।

प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए। प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय