स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिएको छ ।
कान्ति बाल अस्पतालको निर्देशक रहेका डा. बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले विभागको जिम्मेवारी दिएका हुन् । नियुक्त भएका डा. बिच्छाले भोलि कार्यभार सम्हाल्ने बताए । यसअघिका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह मन्त्रालयमा तानिएका छन् ।