बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोकियो ओलम्पिक : फुटबलको फाइनलमा ब्राजिल
भर्खरै

टोकियो ओलम्पिक : फुटबलको फाइनलमा ब्राजिल

  • सिधा दृष्टी बुधबार, साउन २०, २०७८ | August 4, 2021

ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल फाइनल पुगेको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् ।

ब्राजिलले अब स्वर्ण पदकको लागि स्पेनसँग खेल्नेछ । स्पेन आयोजक जापानलाई हराउँदै फाइनल

पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय