मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालको मौसममा मनसुनी वायुको प्रभाव
भर्खरै

नेपालको मौसममा मनसुनी वायुको प्रभाव

  • सिधा दृष्टी बुधबार, साउन २०, २०७८ | August 4, 2021

आज प्रदेश १, प्रदेश २ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, प्रदेश २, बागमाती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको जानकारी दिएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी

र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि राति सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, कर्णाली र  सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय