सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्से परिसूचक इतिहासकै उच्च विन्दुमा उक्लियो
भर्खरै

नेप्से परिसूचक इतिहासकै उच्च विन्दुमा उक्लियो

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन्

कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३ हजार १ सय ११ दशमलव ०९ अंकमा पुगेको छ । कारोबार रकम साढे ११ अर्ब रुपैयाँ माथि पुगेको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय