बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंमा भेला, सभा, सम्मेलन, धर्ना र जुलुस जस्ता काम नगर्न प्रशासनको आग्रह
भर्खरै

काठमाडौंमा भेला, सभा, सम्मेलन, धर्ना र जुलुस जस्ता काम नगर्न प्रशासनको आग्रह

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली जस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या र संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै भिडभाड हुने काम नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढाउन सक्ने भएकाले स्वास्थ्य

मापदण्डको ख्याल गर्न आग्रह गरेका हुन् ।जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय