बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दार्चुला घटनाको बिषयमा सत्यतथ्य बुझ्ने काम भैरहको गृहमन्त्री खाँडको भनाइ
भर्खरै

दार्चुला घटनाको बिषयमा सत्यतथ्य बुझ्ने काम भैरहको गृहमन्त्री खाँडको भनाइ

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताएका छन्।

गत साउन १५ गते महाकाली तर्ने क्रममा तुइनबाट खसेर व्यास २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।

भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै दार्चुला प्रहरीमा निवेदन परेको छ।

यसबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयबाट सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको र उक्त टोली आज घटनास्थलतर्फ गएको गृहमन्त्री खाणले बताए।

धामीभन्दा पहिले र पछि तुइन तर्न

लागेका मानिसलाई सोधपुछका लागि दार्चुला सदरमुकाम बोलाइएको गृहमन्त्री खाणको भनाइ छ।आज प्रतिनिधि सभा बैठकको सुरूमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त घटनाबारे जानकारी माग गरेको थियो भने सो घटनाबारे औपचारिक रूपमा भारतसँग विरोध जनाउन माग गरेको थियो।

एमाले सांसद गणेशसिंह ठगुन्नाले घटनाबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन पनि माग गरेका थिए। पीडित परिवारलाई राहत दिन पनि एमालेको माग छ।

यसपछि संसदमा बोलेका गृहमन्त्री खाणले तुइन तर्ने क्रममा बेपत्ता भएका धामीलाई अहिलेसम्म फेला नपारिएको र खोजी क्रम जारी रहेको बताए। उनले तुइनको ठाउँमा झोलुंगे पुल छिटो बनाउने र त्यहाँसम्म पुग्ने सडक निर्माण गरिने पनि बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय