मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले दिए उर्जामन्त्रीलाई निर्देशन्
भर्खरै

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले दिए उर्जामन्त्रीलाई निर्देशन्

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

ुउहाँले नेपाल सरकारसँग कार्यसम्पादनको करार गर्नुभएको छ। त्यहीअनुसार काम सन्तोषजनक

नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्छ,’ स्रोतले भन्यो,‘स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई हटाउन सक्छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय