मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेबाट लगाउन सुरु गरिने
भर्खरै

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेबाट लगाउन सुरु गरिने

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने

प्रमुख खड्काले जानकारी दिए ।यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ । जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।

यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय