बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोना विरुद्धको खोपको प्रमाणपत्र बोक्नु पर्ने
भर्खरै

यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोना विरुद्धको खोपको प्रमाणपत्र बोक्नु पर्ने

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

दोहा । यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने भएको छ ।

यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गरेर मात्र आउन अनुरोध गरेको छ ।

दूतावासका अनुसार पछिल्लो समय खाडीलगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन आग्रह गरेको जनाएको छ ।दूतावासले हाल नेपालमा नयाँ राहदानी बनाउन

फर्किएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लिन र क्यूआर कोर्ड प्राप्त गर्न अनुरोध गरिएको छ ।

दूतावासले नेपालमा रहेका आफन्तलाई यस विषयमा जानकारी दिन पनि यूएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । यस्तै यूएईमा रहेर कोरोनाको खोप लिइसकेका नेपाली नागरिकले त्यो खोप लगाएको प्रमाण साथमा बोकेर विदेश यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी कुवेतले क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र साथमा बोकेर मात्र प्रवेश गर्न पाइने नियम लागू गरेको छ ।कुवेतले जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य गरेको छ भने प्रवेश गरेको सात दिनसम्म घरमै क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।

तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखाएमा एक हप्तासम्म क्वारेन्टिन बसिरहनु नपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय