बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सत्तापक्ष कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम तयार गर्ने
भर्खरै

सत्तापक्ष कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम तयार गर्ने

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक नेताले जानकारी दिए ।कार्यदलको बैठक सोमबार पनि बसेको थियो । सो बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने बताएका थिए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी

केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय