काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शम्भु केसी विरुद्ध भएको हातपात र दुव्र्यवहारप्रति नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १० ले विरोध जनाएको छ । तरुण दल काठमाडौं क्षेत्र नम्बर १० का सभापति ईश्वर लामाले एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष केसीमाथि दुव्र्यवहार र हातपात भएको घटनाप्रति तरुण दलको गंभीर ध्यानाकर्षण भएको जनाएका हुन् । घटनामा श्रीहरि थापा नामका व्यतिले खोप कार्यक्रम भैरहेको बेला केसी माथि हातपात गरेको भन्दै दोषीलाई कारबाहीको दायरमा ल्याउन तरुण दलले माग गरेको
हो ।